धादिङ ३ जेठ २०८१ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ टायलघर चोकमा शनिवार दिउँसो हाईस माईक्रो दुर्घटना भएको छ ।
काठमाण्डौंबाट नारायणगढ तर्फ तिव्र गतिमा जांदै गरेको बा ४ ख ४५८९ हायस दुर्घटना भई दुई जना घाईते भएका छन्।
घाइतेको उपचारका लागि काठमाडौँ लगिएको छ भने सवारीचालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ।
अत्याधिक तिव्र गतिमा आएको हायस विपरित लेनमा पुगेर सडक छेउको भित्तामा ठोक्किन पुगेको थियो ।
- तस्बिर – बिक्रम जंग रानाबाट
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
