धादिङ ३ जेठ २०८१ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ टायलघर चोकमा शनिवार दिउँसो हाईस माईक्रो दुर्घटना भएको छ ।
काठमाण्डौंबाट नारायणगढ तर्फ तिव्र गतिमा जांदै गरेको बा ४ ख ४५८९ हायस दुर्घटना भई दुई जना घाईते भएका छन्।
घाइतेको उपचारका लागि काठमाडौँ लगिएको छ भने सवारीचालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ।
अत्याधिक तिव्र गतिमा आएको हायस विपरित लेनमा पुगेर सडक छेउको भित्तामा ठोक्किन पुगेको थियो ।
- तस्बिर – बिक्रम जंग रानाबाट





