काठमाडौं । काठमाडौंबाट पूर्व जाने राजमार्ग बीपी राजमार्गमा एक महिनासम्म राति गाडी चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार एक सूचना जारी गर्दै आगामी ३० दिनसम्म साँझ साढे ६ बजेदेखि बिहान पाँच बजेसम्म सिन्धुली खुकोर्टबाट काठमाडौंतर्फ आउने निजी तथा सार्वजनिक सवारी साधन चलाउन निषेध गरिएको जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले यस्तो निषेध १५ दिनका लागि लगाएको थियो । तर, मनसुन सक्रिय रहेको भन्दै प्रशासनले ३० दिनसम्म राति गाडी चलाउन रोकेको हो । गत वर्ष असोजमा आएको बाढीले यो राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
