काठमाडौँ । भारतको गुजरातको माही नदीको पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
बुधबार भत्किएको पुलमा परेर अहिलेसम्म १५ जनाको मृत्यु भएको र चार जना अझै बेपत्ता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै सो दुर्घटनामा पाँच जना घाइते रहेका छन् ।
अहिले पनि उद्धार कार्य जारी रहेको र उद्धारमा एनडीआरएफ र अन्य टोलीहरू घटनास्थलमा उपस्थित रहेको प्रहरीले जनाएको छ ।
४५ बर्ष पुरानो पुल भत्किदा चारवटा सवारी साधन नदीमा खसेका थिए । जसमा दुई ट्रक र दुई भ्यान नदीमा खसेका थिए । गम्भीरा पुल मध्य गुजरातको महत्त्वपूर्ण पुलहरू मध्ये एक हो । यसले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।





