चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।
सोहि महानगरपालिका–१५ सुर्यनगर बस्ने १५ बर्षिय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदिको साईडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले घटनास्थलको करीब २५ फिट गहिराइबाट निजको शव निकालेको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
