काठमाडौँ । केन्यामा बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। बसमा सवार व्यक्तिहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेको बताइएको छ ।
स्थानीय अधिकारीले दुर्घटनामा २५ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएका छन् ।
केन्याको किसुमु-काकामेगा राजमार्गमा बसले नियन्त्रण गुमाएपछि बस सडकबाट खसेर खाल्डोमा पल्टिएको बताइएको छ ।
प्रहरीले मृत्यु हुनेमा १० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको र अन्यको ४ जनाको उपचारको क्रममा मृत्यु भएको बताएको छ । दुर्घटनामा २० यात्रु घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




