पोखरा । मुस्ताङको घाँसा-बेनी सडक खण्ड रातिमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले मनसुन् जन्य प्रभावका कारण बाढी पहिरोको जोखिम कायमै रहेकोले साउन २७ गतेदेखि घाँसा देखि बेनी जाने सवारी साधनलाई बेलुका ६ बजेदेखि बिहान ५ बजे सम्मलाई अर्को सूचना नभए सम्मको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको बताउदै यस समयमा सवारी साधन आवगमन बन्द रहने जानकारी दिएका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




