Close Menu
    खबर साइट

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार

    एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

    आजको राशिफल बिसं २०८२ पुष ४ गते शुक्रवार

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले
    • आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते
    • कस्तो छ आजको मौसम पूर्वानुमान ?
    • आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार
    • ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन
    • आजको राशिफल बिसं २०८२ पुष ५ गते शनिवार
    • एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      मोरङको लेटाङ–२ मा १३ वर्षीया बालिकामाथि भएको हत्या प्रकरणमा छिमेकी पक्राउ

      मंसिर २१, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

      पुस ५, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

      पुस ८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

      पुस ८, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      कस्तो छ आजको मौसम पूर्वानुमान ?

      पुस ७, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    खबर साइट डट कमखबर साइट डट कमभदौ ३१, २०८२13 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    १- यस वर्षको बडा दशैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडा दशैँको शुभ साइत सार्बजनिक गर्दै असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।विजयादशमीका शुभसाइतमा असोज ६ गते सोमवार- नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे रहेको छ भने असोज ७ गते मङ्गलवार- झण्डा फेर्ने, बिहान ९: ५३ बजे (पूर्व मोहडा) रहेको छ । त्यस्तै असोज ११ गते शनिवार – श्रीपचलीभैरव यात्रा छ भने असोज १३ गते सोमवार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे रहेको छ । त्यस्तै असोज १४ गते मङ्गलवार – महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार- महानवमी स्थिरासन बिहान ९: २३ बजे रहेको छ । त्यस्तै असोज १६ गते बिहीवार – विजया दशमी, देवी विसर्जन, बिहान ९: २३ बजे । टीका बिहान ११: ५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने),  श्री तुलजाभवानी यात्रा, दिवा १२: १९ बजे र स्थिरासन दिवा १: १७ बजे, खड्गयात्रा रहेको छ । त्यस्तै असोज २० गते सोमवार – अखिलबलिपूर्ति । वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत रहेको छ ।

    २- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशनको अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रिय सभाको चालु अधिवेशन आजराती १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    ३- जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइएको छ । भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव अन्तिम संस्कारका लागि भाद्र ३१ गते नेपाली सेनाको हेलिकप्टरबाट सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरुमा लगिएको हो । यसअघि अहिलेसम्म पोष्टमार्टम गरिएका शवको टिचिङ अस्पतालदेखि शव यात्रा गरिएको थियो । अन्य शवको भने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

    ४- उर्जामन्त्री कुलमान घिसिङले पूर्व उर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् । कुलमानको निर्देशनपछि उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै सो कार्यालय आवश्यक नभएको र प्राधिकरणले प्रयोग गर्न सचिव स्तरीय निर्णय गरेर निर्देशन दिएको छ । यसअघि पुर्व मन्त्री खड्काले प्राधिकरणमा संचालक समितिको अध्यक्षको लागि भन्दै आफ्नो कार्यालय खोलेपछि चौतर्फी आलोचना भएको थियो ।

    ५- मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको एक ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन् । मंगलबार दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तनहुँस्थित नम्बर २ राजदल गणबाट धनुषातर्फ जाँदै गरेको लु १ ग २८० नम्बरको ट्रक हेटौंडा उपमहानगरपालिका-१५ स्थित चुरियामाईको पुलबाट करिब १०-१२ फिट तल खोल्सामा खसेको थियो । दुर्घटनाग्रस्त ट्रकमा २२ जना सैनिक सवार रहेको बताइएको छ । मकवानपुर र बारा दुवैतर्फका प्रहरी र नेपाली सेनाकै सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

    ६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गर्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सले उनको परिवार र व्यवसायको बारेमा झूट फैलाएको बताउदै फ्लोरिडा राज्यमा यसविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सले दशकौंदेखि आफुविरुद्ध ‘झूटा’ समाचार प्रकाशित गर्दै आएको बताएका छन् । यसले वामपन्थी दलहरूको भाषा लेख्छ भन्दै ट्रम्पले यो पत्रिकाले डेमोक्र्याटिक पार्टीलाई प्रवर्द्धन गर्ने गरेको बताएका छन् । यसले कमला ह्यारिसको समर्थनमा पहिलो पृष्ठमा एक लेख प्रकाशित गरेको थियो भने यो अमेरिका फर्स्ट मुभमेन्टविरुद्ध भएको उनले बताएका छन् । उनले लेखेका छन्- ‘पत्रिकाले भिडियो र कागजातहरू हेरफेर गरेर लामो समयदेखि अफवाह फैलाउँदै आएको छ । जुन गैरकानूनी हो । यो रोक्नुपर्छ । म यो गर्न गर्व गर्छु ।’ ट्रम्पको यो बयान न्यूयोर्क टाइम्सले ट्रम्प र कुख्यात फाइनान्सर जेफ्री एपस्टाइन बीचको सम्बन्धमा समाचार प्रकाशित गरेपछि आएको हो ।

    ७- प्रधानमन्त्री सुशिला कार्कीले १० देखि १२ जानको हाराहारीमा मन्त्री बनाउने बताएकी छन् । बिबिसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले २५ मन्त्रालयमा एक जानले कम्तिमा दुई मन्त्रालय हेर्ने गरि बनाउने तयारीमा रहेको बताएकी हुन् । उनले भनेकी छन्- ‘राष्ट्रपतिले राजनीतिक दलका एक एक जना लिएर बृहत निर्वाचनको मन्त्रिमण्डल बनाउनुस् भन्नु भएको थियो । तर मैले त्यस्तो राम्रो हुदैन, स्वतन्त्र मान्छे हुनुपर्छ भनेको छु । अब गर्नेमा हामीले समावेशीलाई हेर्नुपर्ने छ । त्यसमा जनजाती, दलित, महिला, पिछडिएको पनि भयो भने, त्यस्तो व्यक्तिहरुको हामी खोजीमा छौं । नाम त थुप्रै आएको छ तर त्यसमध्येमा हामीले पोलिटिक्समा गएको छ की छैन भन्ने हेरिरहेका छौं ।’ प्रधानमन्त्री कार्कीले निर्वाचनमा नजाने व्यक्तिलाई मन्त्री बनाउन सोचाइमा रहेको बताएकी छन् । उनले आफुलाई सहयोग गर्नेहरुबाट नामहरुमा विचार गरिरहेको बताएकी छन् । उनले आफुसँग केवल ६ महिनाको समय भएको र निर्वाचनमा केन्द्रित भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको छानबिन गर्ने समितिले एक महिना र बढीमा ४५ दिनमा सक्ने गरि बढीमा तीन जनाको समिति बनाएर अध्ययन गराउने समेत बताएकी छन् ।

    ८- अर्थमन्त्री रामेश्वर खनालले आगजनीबाट प्रभावित भाटभटेनीको कोटेश्वर शाखा अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आजगनी गरेपछि ध्वस्त भएको भाटभटेनीको कोटेश्वर शाखाको अनुगमन गर्दै अर्थमन्त्री खनालले दृढता र हौसला मिलेको भाटभटेनीले जनाएको छ । भाटभटेनीले भनेको छ- अर्थमन्त्री खनालको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ । भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन । हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।’ अर्थमन्त्री खनालले आजै थापाथलीस्थित सिजी शो रुमको पनि अनुगमन गरेका थिए ।

    ९-  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज पशुपतिमा अन्त्यष्टि गरिएको छ । टिचिङ अस्पतालबाट पशुपतिसम्म शव यात्रा गरी अन्त्येष्टि गरिएको हो ।टिचिङ अस्पतालबाट मृतकका मृतक र हजारौं सहभागी भएर शव यात्रा गरिएको थियो । सरकारको तर्फबाट  गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ उपस्थिति भएर शवमा नेपाली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर मृतकका परिवारलाई काजकिरियाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने निर्णय पनि सरकारले गरेको छ ।

    १०- इजरायलले गाजा शहरमा भारी बमबारी गरेको छ । मिडिया रिपोर्टहरूले इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन् । मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ । यी आक्रमणहरू त्यही दिशामा भएका छन् जहाँ हजारौं मानिसहरू भागिरहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेहरूको संख्या निरन्तर बढिरहेको बताएका छन् । यी आक्रमणहरू सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलमको भ्रमणको क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिकाको ‘अटल समर्थन’ को आश्वासन दिएका बेला भएका छन् । मंगलबार बिहान इजरायली रक्षामन्त्री इजरायल काट्जले एक्समा लेखे, ‘गाजा जलिरहेको छ ।; उनले चेतावनी दिए कि इजरायल ‘मिशन पूरा नभएसम्म पछि हट्ने छैन ।’ गाजाका स्थानीय पत्रकारहरूले इजरायली हवाई आक्रमण र गोलाबारी जारी रहेको बताएका छन् । घरहरूको भग्नावशेषमुनि मानिसहरू दबिएको पनि रिपोर्ट आएको छ । इजरायली सेनाद्वारा नयाँ स्थलगत आक्रमणको कुनै आधिकारिक पुष्टि भएको छैन ।

    ११- गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा सुचारु गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्दै गृहमन्त्री अर्यालले सबैभन्दा पहिला सेवा सुचारु गर्न निर्देशन दिएका छन् । उनले स्रोत जुटाएर भएको क्षतिको पुनर्निर्माण गर्ने बताए । उनले कतिपय ठाउमा मर्मत गरेरनै हुने अवस्था छ भने कतिपय ठाउमा पुनर्निर्माण नै गर्नु पर्ने अवस्था रहेको बताए । उनले आउने सहयोग र सरकारसँगको बजेट व्यवस्थापन गरेरै अगाडी बढ्ने बताए । केहि कुरामा धैर्यता राख्नुपर्ने बताउदै संरचना ध्वस्त गर्ने कुरा बेठिक नै भएको बताए ।

    १२-  राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएक हुन् । भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरि अघि बढ्न आग्रह गरेकी थिइन् ।

    १३- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट धरान पुगेर पत्रकार सम्मेलन गर्दै रोएका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका साम्पाङले देशनै नबचे हामी कसरी रहन्छौं भन्दै रोएका हुन् । उनले कोहि नेता बाहिर ननिस्किएको बेला आफु बाहिर निस्केको बताउदै आफुलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएको बताउदै भावुक बनेका थिए । उनले आफुले बलिरहेको  देशलाई बचाउन भन्दै गएको बताए ।  उनले जेनजी आन्दोलनको म्यान्डेट बालेनलाई प्रधानमन्त्री बनाउने रहेको र बालेन पछि हटे हर्क साम्पाङ आउनुपर्छ भनेपछि आफु काठमाडौँ गएको उनले बताए । साथै उनले को प्रधानमन्त्री बन्ने र को के बन्ने भन्ने सूची पहिला नै बनिसकेको दाबि गरे ।

    १४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अनुगमन गरेका छन् । प्रचण्डले पार्टी कार्यालयमा ठुलो क्षति भएको पाएको बताउदै पार्टीका माइन्युट र लाइब्रेरी बचेको पाएको बताएका छन् । उनले केन्द्रीय कार्यालयमा उपस्थित भई जनयुद्ध र जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी कार्यालयको अनुगमन गरेका थिए । प्रचण्डले अब भव्य पार्टी कार्यलय बनाउने समेत घोषणा गरे । उनले सबै पार्टी कार्यकर्ताको सहयोगमा केहि दिनमै भव्य नयाँ कार्यालय बनाउने बताए ।

    १५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग गर्ने हमासको दाबी बारे कडा चेतावनी दिएका छन् । ट्रम्पले हमासले बन्धकलाई ढालको रुपमा प्रयोग गरेमा अहिलेसम्मका सबै शर्तहरु खारेज हुने चेतावनी दिएका हुन् । ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन्- ‘मैले भर्खरै एउटा समाचार रिपोर्ट पढें कि हमासले जमिनमाथि बन्धकहरू लिएर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । आशा छ, हमास नेताहरूले यो गरेमा उनीहरू के गरिरहेका छन् भनेर जान्नेछन् । अमेरिकी राष्ट्रपतिले यसलाई ‘मानवीय क्रूरता’ भनेका छन् । उनले भने- ‘यस्तो हुन नदिनुहोस् नत्र, सबै सर्तहरू खारेज हुने छन् । सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्नु !’ गत हप्ता, इजरायलले कतारको दोहामा हमास नेताहरूमाथि आक्रमण गरेपछि गाजाको वातावरण बिग्रिएको छ । यो आक्रमणको अमेरिकी राष्ट्रपति ट्रम्पसहित धेरै देशका नेताहरूले निन्दा गरेका छन् भने अरब देशहरुले इजरायलसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

    १६- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि भदौ २७ गते सुनको मुल्य २ लाख १५ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २५९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २५७५ मा कारोबार भएको थियो ।

    १७- साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले वृद्धि भएको छ । देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २९.९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७ अर्ब ४१ करोड पुगेको जानकारी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ६० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९ खर्ब ३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८ अर्ब ८ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।

    १८- विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको साउन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा साउन महिनामा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको उल्लेख छ ।   राष्ट्रबैंकले २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छजनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा ४ प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६ खर्ब ३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई २९ खर्ब ४ अर्ब ५८ करोड कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    १९- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । साउन महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले साउन महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड पुगेको जानकरी दिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना, चियालगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै आर्थिक वर्ष २०८२- ८३ को पहिलोमहिनामा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल-धान, कोइला, रासायनिक मललगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायतका वस्तुको आयात घटेको छ । त्यसैगरी आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भई ११९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड बराबरको भएको थियो ।

    २०- भारत एसिया कपको आफ्नो अन्तिम लिग खेल अघि नै सुपर-४ मा पुगेको छ । सोमबारको पहिलो खेलमा युएईले ओमानलाई ४२ रनले पराजित गरेपछि समुह ए बाट भारत सुपर फोरमा पुगेको हो । यो नतिजाले पाकिस्तानको बाटो कठिन बनाएको छ । अब पाकिस्तानले सेप्टेम्बर १७ मा युएई विरुद्ध कुनै पनि हालतमा जित्नुपर्ने भएको छ । भारतीय टोलीले आफ्ना दुवै लिग खेल जितेको छ र ४ अंकसहित समूह ए को अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीले सेप्टेम्बर १९ मा ओमानविरुद्ध आफ्नो अन्तिम लिग खेल खेल्नु पर्नेछ । यहाँबाट पाकिस्तान र युएई मध्ये केवल एक टोलीले ४ अंक पुग्न सक्छ । पाकिस्तानले २ लिग खेलहरू मध्ये एक जितेको छ र एउटा हारेको छ । टोलीको २ अंक मात्र छ। यदि टोली युएईसँग हारेमा, युएई टोली ४ अंकसहित सुपर-४ मा पुग्नेछ । युएईले चालू सिजनको पहिलो खेल जितेको छ । जबकि, ओमानले लगातार दोस्रो हार बेहोरेको छ । यस्तो अवस्थामा, पहिलो पटक एसिया कप खेलिरहेको ओमान टोली लगभग बाहिरिसकेको छ । यदि ओमानले भारतविरुद्ध जित हासिल गरे पनि, केवल २ अंक मात्र प्राप्त गर्न सक्नेछ ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले
    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • खबर साइट डट कम
      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते
    • खबर साइट डट कम
      कस्तो छ आजको मौसम पूर्वानुमान ?
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleअर्थमन्त्री खनालबाट आगजनी भएको भाटभटेनीको कोटेश्वर शाखा अवलोकन
    Next Article बागमतीका सभामुख पाठकको पदबाट राजीनामा

    सम्बन्धित खबर

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    खबर साइट डट कम

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    खबर साइट डट कम

    आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

    खबर साइट डट कम

    बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

    खबर साइट डट कम

    धादिङको गल्छीमा भारतीय पर्यटकमाथि कुटपिटको सर्वत्र निन्दा

    खबर साइट डट कम

    समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

    खबर साइट डट कम

    क्यान्सरविरुद्धको खोप बनायो रुसले

    खबर साइट डट कम

    इच्छाकामना अस्पतालमा अत्याधुनिक थाइराइड परीक्षण सेवा सुरु

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.