काठमाडौँ । बाल चित्रकलाको माध्यमबाट विश्वशान्तिको सन्देश फैलाउने उद्देश्यले लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीद्वारा आज टोखा–स्थित बिन्ध्याबासिनी आवासीय माध्यमिक विद्यालयमा ‘पिस पोस्टर’ चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। ११ देखि १३ वर्ष उमेर समूहका चित्रकलामा विशेष रुचि र प्रतिभा भएका ४५ जना विद्यार्थीले प्रतियोगितामा सहभागी भएर प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा जेनिशा तामाङ प्रथम, राहुल तामाङ दोस्रो तथा तृशना पुरी तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजयी विद्यार्थीलाई क्लबतर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि डिस्टृक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे, विशेष अतिथी डिस्टृक्ट चिफ काउन्सिलर लायन महेश पाण्डे, डिस्टृक्ट चिफ एड्मिनिस्ट्रेटर लायन जनार्दन फुयाल तथा सहजीकरणका अतिथी डिस्टृक्ट पिस पोस्टर चिफ लायन तेजनारायण श्रेष्ठ, डिस्टृक्ट डिपार्टमेन्ट चिफ लायन टंक चापागाईं, रिजन–१५ का रिजन चियरपर्सन लायन सरोजराज उपाध्याय लगायतले विजयी विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यस्तै विद्यालयका प्रधानाध्यापक लायन बेख नारायण श्रेष्ठ तथा विद्यालयका शिक्षक–शिक्षिका, सहभागी विद्यार्थी र सहयोगी पक्षलाई क्लबले आभार व्यक्त गरेको छ।

Share.

Comments are closed.

Exit mobile version