काठमाडौं, २४ जेठ । कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी गैरकानुनी रूपमा बसिरहेका ६६ जना नेपाली नागरिकलाई थाइल्यान्डस्थित नेपाली दूतावासले तत्काल स्वदेश फर्किन अन्तिम निर्देशन जारी गरेको छ। विभिन्न उद्देश्यले कम्बोडिया पुगेर भिसाको म्याद सकिएका ६०२ जना नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको भए पनि यी ६६ जनाले स्वदेश फर्किन चासो देखाएका छैनन्। दूतावासले ईमेल, फोन तथा ह्वाट्सएपमार्फत पटक-पटक सम्पर्क गर्दा पनि उनीहरूले फर्कन तदारूकता नदेखाएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको हो।

तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरूउपर कम्बोडिया सरकारले त्यहाँको नयाँ कानुन अनुसार कडा अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ। नयाँ कानुनी व्यवस्था अनुसार कसुरको प्रकृति हेरी पाँच लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ। विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपालीहरू तत्कालै पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको दूतावासले प्रष्ट पारेको छ।

दूतावासले सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी आगामी १२ जुन २०२६ भित्र नेपाल फर्किन सख्त अनुरोध गरेको छ। यसका साथै उनीहरूका परिवारजन तथा आफन्तजनहरूमा समेत यसै सूचनालाई मुख्य आधार मानी आफ्ना प्रियजनहरूलाई यथाशीघ्र नेपाल फर्काउने आवश्यक व्यवस्था मिलाउन अपील गरिएको छ।

नेपाल फर्किनुपर्ने ६६ जना नेपालीहरूको नामावली

Share.

Comments are closed.

Exit mobile version