काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल पुनः चयन हुनुभएको छ । जारी महाधिवेशनका क्रममा आज नेपाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । नेपाल यसअघि पनि अध्यक्ष नै हुनुहुन्छ ।

यस्तै झलनाथ खनाल फेरि पनि सम्मानित नेतामा सर्वसम्मत हुनु भएको छ भने महासचिवमा धनश्याम भुसाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । तीनै जना नेता यस अघि पनि सोही पदमा हुनुहुन्थ्यो ।

नयाँ नेतृत्व चयनका लागि बनेको निर्वाचन समितिले तीन जना सर्वसम्मत भएको घोषणा गरेको हो । उपाध्यक्षसहित अन्य पदाधिकारीहरुमा पनि सहमति जुटाउने कोशिस भईरहेको जनाइएको छ ।

सहमति नभए निर्वाचन प्रक्रिया शुरु हुनेछ । महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.
Leave A Reply
Exit mobile version