पृथ्वीराजमार्गको नौबिसे-मलेखु सडकखण्ड रातिको सम्म समयमा १५ दिन बन्द रहने भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोलाको पुल गर्डर लन्चिङ कार्य भएकोले सडक बन्द गर्न लागिएको हो ।
असार २६ गते देखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका बन्द रहने आ कार्यालयले जनाएको छ ।
सो समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको जनाईएको छ ।
बन्द रहने अबधिका लागि वैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।