काठमाडौं । रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते भएका आमाछोराको उपचारको क्रममा मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका–६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो। उनीहरु तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगरमा बस्दै आएका थिए।
आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाटो काट्ने क्रममा असार २१ गते उनीहरुलाई लु २ ख ६८८८ नम्बरको बसले ठक्कर दिएको थियो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।