काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको मृत्यु भएको छ ।
उपचारको क्रममा ९१ वर्षको उमेरमा आज बिहान उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत हुनुहुन्थ्यो । भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
