काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने गरी सरेको छ । यसअघि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको थियो ।
सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक बस्ने भएकाले माओवादी पदाधिकारी बैठक सारिएको कार्यालयले जनाएको छ
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुनेछ भने पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।