काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
आज सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले बाल सुधार गृहमा पनि ठाउँको अभाव रहेको उल्लेख गरे ।
८ वटा जिल्लामा ९ वटा बाल सुधार रहेको उल्लेख गर्दै उनले यसको सुधार गरेर सबै सञ्चालन गर्नुपर्ने बताए । कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताए । कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्न सरकारले ध्यान दिने लेखकले बताए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।