काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताउनु भयो।
राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उहाँले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य रहेको बताउनु भयो।
उपप्रधानमन्त्री सिंहले राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।





