काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको गाडी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न आईजीपी कुँवरलाई निर्देशन दिनुभएको हो ।
हिजो दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–४ घर भई कपन बस्दै आएका उत्तम कोइरालाको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।