काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध रहेको र एकतावद्ध भएर केन्द्रिय कमिटी बैठकमा जाने बताउनुभएको छ ।
आज शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धाराण राख्नुभएको बताउनुभयो ।
प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राख्नुभएको र त्यो फरक मत नरहेको बताउनुभयो । उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्न्ेकुरा नेतृत्वबाट नभनिएको बताउनुभयो । उहाँले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताउनुभयो । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो ।
अध्यक्ष दाहालले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गर्नुभयो । उहाँले पार्टी अब नफुट्ने पनि दाबी गर्नुभयो । उहाँले उपमहासचिव शर्माले उठाउनुभएका केही कुराहरु गम्भीर आशंकाका रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले आगामी निर्वाचनसम्म पार्टीलाई राम्रो पार्टीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा देशव्यापी रुपमा अभियान सञ्चलन गर्ने बताउनुभयो । जनतासँग सम्बन्धित भएर पार्टी रुपान्तरण एवं एकीकरण गर्ने बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।