काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बस खस्दा मृत्यु भएका २७ भारतीय नागरिकको शव भारत लगिएको छ । चितवनको भरतपुर अस्पतालमा पोस्टमार्टमपछि शव भारत लगिएको हो ।
शव लैजान भारतीय वायुसेनाको विमान शनिबार अपराह्न भरतपुर पुगेको थियो । वायुसेनाको विमानमार्फत २५ र शववहानबाट दुइटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
त्यसअघि, भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधि पुगेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।