काठमाडौं । रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको हो ।
चण्डीकाका ११ वर्षीया छोरी अञ्जना घाइते छिन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । अन्य चार जना अझै बेपत्ता छन् । घटनास्थलमा स्थानीय, जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा खटिएका छन् ।
शनिबार राति वर्षापछि आएको पहिरोले चार घरमा क्षति गरेको छ । तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंशिक क्षति पुगेको छ ।
पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।