काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले लागुपदार्थ दुर्व्यसनी र दुर्व्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरु नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरु हुन् । त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभुति दिने काम गर्नु हुँदैन । दुर्व्यसनीमा फसेकालाई सुधार्ने कोशिस गर्नुपर्छ ।’
अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।