काठमाडौं १६ भदौ। नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले पार्टीको केन्द्रीय समितिमा पेश गर्न लागेको दुई पटकमात्रै प्रधानमन्त्री बन्ने नीति तथा प्रस्तावले सिंगो नेपाली काँग्रेस पार्टीमा हलचल ल्याईदिएको छ । शर्माको प्रस्तावलाई अर्का महामन्त्री गगन थापाले समेत समर्थन जनाएका छन् ।
शर्माको यो प्रस्ताव पारित भएमा अबको एक बर्ष पछि छैटौं पटक प्रधानमन्त्री बन्ने लक्ष्य बोकेका नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवालाई ठूलो धक्का लाग्नेछ ।
एउटा व्यक्ति राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ । प्रदेशमा मुख्यमन्त्री दुईपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चार पटकभन्दा बढी हुन नपाउने महामन्त्रीको प्रस्ताव छ । संस्थापन पक्षका अधिकांश नेता यसको विरोधमा देखिएका छन् ।अर्का महामन्त्री गगन थापाले शर्माको प्रस्तावलाई समर्थन जनाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकबाट दुई पटकमात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव पास गराउन महामन्त्री द्धय शर्मा र थापा कम्मर कसेर लागेका छन् । महामन्त्री द्धय यो नीति केन्द्रीय समितिको बैठकबाट पास हुनेमा ढुक्क छन् । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आईतबार ३ वजे डाकिएको छ ।
प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने महामन्त्री शर्मा र थापाको प्रस्ताव छ । केन्द्रिय समितिमा पेश हुने लागेको यो नितीका बिषयमा पार्टी सभापति देउवाले महामन्त्री द्धय शर्मा र थापा संग शनिवार छलफल गरेपनि ठोस सहमती हुन नसकेपछि प्रस्ताव केन्द्रिय समितिको बैठकमा प्रवेश हुन लागेको हो । यो प्रस्ताव पारित भएमा सबैभन्दा पहिलो निशाना देउवा माथिनै लाग्ने छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकबाट यो नीति पास भए भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने महामन्त्री शर्माले बताए । ‘कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शीतल मुद्रामा बिदा भएर जानुपर्छ’, उनले भने, ‘अनि प्रधानमन्त्री बन्दै गर्दा उहाँ चार चोटी बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे ? उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ ।’
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।