काठमाडौं । काठमाडौं प्रहरीले मुख्य चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।
मुख्य पर्व दशैँ, तिहार र छठमा हुने सुरक्षा चुनौतीको आँकलन गरी त्यसैअनुसारको कार्ययोजना बनाएको प्रहरीको भनाइ छ ।
स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाण्डौमा खाली हुने घर, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार भएको छ । चोरी, लुटपाट, तस्करी, जुवातास, जाँड–रक्सी खाने र बिक्री गर्नेसहित यात्रुबाट बढी भाडा असुली, आगलागीजस्ता घटना हुनसक्ने प्रहरीको आँकलन छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका एसएसपी वसन्त रजौरेले सम्भावित घटना र चुनौतीलाई कम गर्न झन्डै चार हजार जनाको सङ्ख्यामा प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको बताउनुभयो । कुनै पनि घटनाको सूचना पाएको ५ देखि १० मिनेटमा पहिलो रेस्पोन्स गर्ने र ३० मिनेटभित्र बृहत् प्रतिकार्य पूरा गरिने उहाँको दाबी छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।