Close Menu
    खबर साइट

    नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

    गल्छी-सितापाइला सडकमा कारमा आगलागी

    मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

    काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेटमै सकियो, बजेट असार २९ गते आउने

    कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

    क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

    भारतको गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुग्यो

    फिफा वरियतामा एक स्थान तल झर्यो नेपाल

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ
    • गल्छी-सितापाइला सडकमा कारमा आगलागी
    • मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी
    • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज
    • यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित
    • काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेटमै सकियो, बजेट असार २९ गते आउने
    • कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो
    • क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      विदेशी विनिमय सञ्चितिमा २५.९ प्रतिशतले वृद्धि

      असार २४, २०८२

      प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

      असार २१, २०८२

      अमेरिका र चीनबीच व्यापार सम्झौता बारे छलफल हुने

      जेष्ठ २५, २०८२

      आजको विदेशी मुद्राको विनिमयदर

      जेष्ठ २४, २०८२

      नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

      असार २८, २०८२

      कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

      असार २६, २०८२

      अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

      असार २४, २०८२

      लिथुआनिया र रोमानियालगायत पठाइदिने बहानामा ठगी गरेको आरोपमा फिन्चु लामा पक्राउ

      असार २३, २०८२

      भारतको गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुग्यो

      असार २६, २०८२

      रुसका पूर्वमन्त्री शंकास्पद रुपमा मृत अवस्थामा भेटिए

      असार २४, २०८२

      केन्यामा हिंसात्मक प्रदर्शन, ११ जनाको मृत्यु

      असार २४, २०८२

      अमेरिकाको शिकागोस्थित नाइटक्लब बाहिर गोलीबारी, चार जनाको मृत्यु

      असार २०, २०८२

      नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

      असार २८, २०८२

      गल्छी-सितापाइला सडकमा कारमा आगलागी

      असार २८, २०८२

      मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

      असार २८, २०८२

      फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

      असार २८, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

      असार २६, २०८२

      फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक

      असार २३, २०८२

      फिल्म ‘मिरमिरे’को छायांकन सुरु

      असार २१, २०८२

      ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

      असार १७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

      असार १४, २०८२

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

      असार २६, २०८२

      फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक

      असार २३, २०८२

      फिल्म ‘मिरमिरे’को छायांकन सुरु

      असार २१, २०८२

      ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

      असार १७, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      मिस नेपाल २०२५ को आवेदन खुल्यो

      जेष्ठ २३, २०८२

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउदै

      जेष्ठ २५, २०८२

      कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

      जेष्ठ १९, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १८ गते आईतबार

      जेष्ठ १९, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      भारतको गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुग्यो

      असार २६, २०८२

      धेरै पर्यटक आएपछि मेक्सिकोमा प्रदर्शन !

      असार २१, २०८२

      मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुक्लासँग गरे कुराकानी

      असार १४, २०८२

      रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

      असार १२, २०८२

      तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

      असार ९, २०८२

      गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरु

      असार ४, २०८२

      रातमा खानै नहुने यी हुन तीन खानेकुरा

      जेष्ठ २७, २०८२

      गर्मिमा नरिवल पानी पिउनुको फाईदै फाईदा

      जेष्ठ २३, २०८२
    • सूचना र प्रविधि

      भारतले २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको खुलासा

      असार २४, २०८२

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

    गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

    खबर साइट डट कमखबर साइट डट कमअशोज २८, २०८१4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाण्डौ – देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको फ्लाई दुबई र थाइल्याण्डमा मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् ।

    त्यसैअनुसार उडान तालिका बनाएको विमानस्थलले जनाएको छ । फ्लाई दुबईले आउँदो कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान शुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाण्डौ–दुबई उडान गर्न लागेको हो ।

    यस्तै जजिरा एयरले आउँदो कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले उडान शुर गर्न लागेको हो । जजिराले हप्तामा तीन दिन मङ्गलवार, बिहीवार, र शनिवार उडान भर्नेछ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।

    फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाण्डौ हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निजी क्षेत्र निराश छन् । त्यसैगरी थाई एयर एशियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ ।

    यही असोज १६ गते नेपालमा सिधा हवाई उडान शुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो । एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ । नेपाल र थाइल्याण्डबीच पर्यटनलगायत विभिन्न हिसाबले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्याण्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् ।

    थाई एयर एशियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्याण्डबीच हवाई सम्पर्क सञ्जाल मात्रै नभएर दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ । अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुङ्गानाले जजिरा एयरलाइन्स र फलाई दुबईले छिट्टै उडान गर्ने भएकाले सोही बमोजिम आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।

    प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । केही प्राविधिक पक्ष व्यवस्थापन गर्न बाँकी छ । विमानस्थलमा २१ वटा यात्रुसेवा काउन्टर छन् । उपकरण जडान छन् केही अटोमेसनको काम बाँकी छ ।

    विमानस्थलमा अध्यागमनको सेवालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले हालै अध्यागमन विभागका महानिर्देशकसहितको टोलीले गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षणसमेत गरेको थियो । सरकारले

    राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।

    गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गर्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ ।

    दुई विमानस्थल प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित विभिन्न चरणमा बैठक भएका छन् । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरुबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको बुझिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ ।

    पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विस २०८३ भदौसम्म नलिने जनाइएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाण्डाैकाे विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनाइएइको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रूपमा सञ्चालनमा आएको थियो । भैरहवा विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो ।

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ
    • गल्छी-सितापाइला सडकमा कारमा आगलागी
    • मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी
    • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleदशैको टीका र जमरा लगाउने क्रम जारी
    Next Article तनहुँको व्यासमा भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या बढ्यो

    सम्बन्धित खबर

    नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

    गल्छी-सितापाइला सडकमा कारमा आगलागी

    मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

    काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेटमै सकियो, बजेट असार २९ गते आउने

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ

    गल्छी-सितापाइला सडकमा कारमा आगलागी

    मधेश प्रदेश सभामा बजेटमाथि विपक्षीको विरोध जारी

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    कपिल शर्माको क्यानडाको क्याफेमा गोली चल्यो

    खबर साइट डट कम

    धेरै पर्यटक आएपछि मेक्सिकोमा प्रदर्शन !

    खबर साइट डट कम

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    खबर साइट डट कम

    पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    खबर साइट डट कम

    भ्रष्टाचार गरेको आरोपमा चीनले सेनाका तीन वरिष्ठ अधिकारीलाई हटायो

    खबर साइट डट कम

    मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    खबर साइट डट कम

    रानीमहललाई पुरानै अवस्थामा फर्काएर संरक्षण गरिने

    खबर साइट डट कम

    तरबुजाको दानावाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.