काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै अस्ती शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगिएको थियो ।
हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।





