अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने सङ्केत गर्नुभएको छ । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द नगर्ने सङ्केत गर्नुभएको हो ।
ट्रपले राष्ट्रपति चुनावमा केही प्रमुख मतदातासम्म पुग्न टिकटकले धेरै मद्दत गरेको बताउनुभएको छ । उहाँले टिकटकलाई केही समयका लागि सञ्चालनमै राख्ने सम्भावना रहेको उल्लेख गर्नुभएको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चुनावको बेला टिकटकमार्फत प्रचार गर्दा राम्रो प्रतिक्रिया आएको र भिडियो अर्बौ पटक हेरिएको ट्रम्पले बताउनुभएको छ । आफूले देखेको एउटा ग्राफ अनुसार आफ्ना विचार टिकटकमा सबैभन्दा धेरै हेरिएको पनि ट्रम्पको भनाइ छ ।
प्रयोगकर्ताको गोपनीयता भङ्ग गरेको र राष्ट्रिय सुरक्षामै खतरा देखिएको भन्दै गएको अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई टिकटक बेच्नका लागि दुई सय ७० दिनको समय दिने कानून बनाउनुभएको थियो ।
यदी टिकटकले कानूनको पालना नगरेमा एप्पल र गुगल जस्ता एप स्टोर अपरेटरहरूलाई उनीहरूको प्लेटफर्मबाट टिकटक हटाउन निर्देशन दिने कानूनमा उल्लेख छ । तर अमेरिकी सरकारको यो कानून र निर्देशनविरुद्ध टिकटकले अदालतमा मुद्धा दर्ता गरेको छ । जसको निर्णायक सुनुवाई आउँदो महिना अर्थात् जनवरीमा हुँदैछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।