काठमाडौँ- देशका ६७ जिल्लाबाट संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका नौविसे -नागढुंगा सडक खण्ड जेठ १० गते शनिवार देखि सडक हरेक दिन दिउँसो साढे चार घण्टा बन्द गरेर निर्माण कार्य शुरु गरिएको छ ।
नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले शनिवारदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको हो ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन कुमार घिमिरका अनुसार सडक आयोजनाको अनुरोधमा धादिङ र काठमाडौँ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको हो ।
आयोजनाले नागढुंगा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूलीगल्छी सडक प्रयोग गर्न सवारी चालकहरुलाई अनुरोध गरेको छ।







