धादिङ,१० जेठ २०८२ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको जिल्ला कार्य समितिमा चयन भएका तथा केन्द्र र प्रदेशका प्रतिनिधिहरुलाई शनिवार पद तथा गोपनीयताको सपथ तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा १४ औं जिल्ला अधिबेशनबाट हरि बहादुर सिलवालको अध्यक्षतामा ३४ सदस्यिय जिल्ला कार्य समिति चयन भएको थियो ।
अधिबेशनबाट संगठनको उपाध्यक्ष ( महिला) तर्फ पम्फा मगराती,खुल्लातर्फ बैकुण्ठ रिमाल, कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ,सचिवमा राजन अर्याल, सह सचिवमा देवकी रिजाल र सह कोषाध्यक्षमा अन्जु थपलिया चयन हुनु भएको छ ।
अधिबेशनले जिल्ला कार्यसमितिको सदस्यहरुमा शेखर न्यौपाने, गणेशकुमार रेग्मी, भागिरथी पौडेल,प्रमिला तिमिल्सिना, खड्की माया तामाङ,रामचन्द्र रुपाखेती, नारायण रिजाल, बिष्णु्प्रसाद सिलवाल, सन्तोष श्रेष्ठ, जनक तिमिल्सिना , रमेश अधिकारी, रेष्टन कँडेल, बर्षा दनै, रामहरि खनाल,बलराम अधिकारी र खुनराज कोईरालालाई चयन हुनुभएको थियो ।
त्यसै गरीत्यसै गरि राम बहादुर कार्की, राजेश थापा मगर,टुलक राई, लक्ष्मीअधिकारी,अनिल लामिछाने मगर जिल्ला सदस्यमा चयन भएको संगठनले जनाएको छ ।
जिल्ला अधिबेशनले संगठनको लेखा समिति संयोजकमा इश्वर पन्त र सदस्यहरुमा भुपेन्द्र छत्कुली र प्रकाश अर्याललाई चयन गरेको छ भने राष्ट्रिय महाधिबेशनका लागि ठानप्रसाद बसौला, रामबहादुर खतिवडा,बलराम इटनी र अर्जुन आचार्यलाई महाधिबेशन प्रतिनिधि चयन गरेको छ ।
त्यसै गरि शालिकराम अर्याल,भवराज पाण्डे,यादवप्रसाद गजुरेल, कमला अर्याल,मणिराम छत्कुली, रमा रुपाखेती,षडानन्द रेग्मी, सविना बस्याल,कृष्णहरि मल्ल र शुरेस तामाङलाई वागमती प्रदेश प्रतिनिधिमा छनौट गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
