काठमाडौँ- देशका ६७ जिल्लाबाट संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका नौविसे -नागढुंगा सडक खण्ड जेठ १० गते शनिवार देखि सडक हरेक दिन दिउँसो साढे चार घण्टा बन्द गरेर निर्माण कार्य शुरु गरिएको छ ।
नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले शनिवारदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको हो ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन कुमार घिमिरका अनुसार सडक आयोजनाको अनुरोधमा धादिङ र काठमाडौँ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको हो ।
आयोजनाले नागढुंगा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूलीगल्छी सडक प्रयोग गर्न सवारी चालकहरुलाई अनुरोध गरेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
