काठमाडौँ । प्रियंका गान्धी भारतीय लोक सभाको सांसद बनेकी छन् । प्रियंकाले केरलाको वायनाड निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा ४ लाख भन्दा बढी मत अन्तरले जित हासिल गर्दै लोकसभाको सांसद बनेकी हुन् ।
उनले कुल ६ लाख २२ हजार ३३८ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी सिपिआइका सथ्यान मोकेरीलाई ४ लाख १ओ हजार ९३१ मतान्तरले पराजित गरेकी हुन् । त्यस्तै यस निर्वाचन क्षेत्रमा भाजपाकी उम्मेदवार नाभ्या हरिदासले एक लाख ९ हजार ९३९ मत प्राप्त गरको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ ।
यो जितसँगै प्रियंका पहिलो पटक लोकसभाको सांसद बनेकी छन् । यो क्षेत्रवाट यस अघि राहुल गान्धी निर्वाचित भएका थिए । राहुल गान्धी दुई क्षेत्रबाट विजयी भएकाले उनले उत्तर प्रदेशको राय बरेली सिट राखेर यो क्षेत्र छोडेपछि यस क्षेत्रमा कांग्रेसले प्रियंकालाई उम्मेदवार बनाएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।