काठमाण्डौं । क्यानडाबाट फर्किएका एक महिला र एक पुरुष काठमाण्डौंको सिनामंगलको गेष्ट हाउसमा मृत भेटिएका छन् । मृत युवा–युवती पतीपत्नी रहेको खुलेको छ ।
प्रहरीका अनुसार मृत हुनेहरूमा सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी हुन् । क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।
उनीहरू सिनामंगलस्थित जन्मभूमि गेष्ट हाउसको बरन्डाको रेलिङमा कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
शनिबार साँझ ६ बजे गेष्ट हाउस पुगेका उनीहरु चौथो तलाको कोठा नम्बर १२० मा बसेका थिए ।
आइतबार बिहानसम्म ढोका नखुलेपछि र बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरूले बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।