काठमाडौँ । नेपाली वजारमा पहेंलो धातु सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।