फिलिपिन्सको राजधानी मनिलाको केन्द्रीय इलाकामा रहेका झुपडी बस्तीमा भीषण आगलागी भएको छ । आइतबार भएको आगलागीमा परी कम्तीमा दुई हजार परिवार घरवार विहिन भएका छन्।
मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले बताएअनुसार मनिलामा आइतबार बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन्।
फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाएको छ।
आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए। यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलावट भएको रामोसले बताए। उनका अनुसार, साँघुरो सडकका कारण आगो नियन्त्रणमा थियो।आईतबार राती ८ वजेबाट शुरु भएको आगलागी नियन्त्रण गर्न आठ घण्टा लागेको थियो ।
आगलागीपछि भागेका बासिन्दाहरू सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको थियो।
कुनै हताहत भएको खबर प्राप्त नभए पनि आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन्। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अगस्ट महिनामा मनीलाको चाइनाटाउनमा रहेको पाँच तल्ले अपार्टमेन्टमा आगो लागेर ११ जनाको ज्यान गएको थियो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।