काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खडकराज शाही विजयी भएका छन्।
१४३ मत प्राप्त गर्दै शाही विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीले ११५ मत पाइन्।
एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले समान १५ मत ल्याएका छन्।
स्थानीय तह २०७९ को निर्वाचनमा निर्वाचित कालीकोटको तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाही २४ असोज २०७९ मा मलामी गएको अवस्थामा राचुलीस्थित तिला कर्णालीमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका थिए। उनको अवस्था अझै पनि अज्ञात छ। उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
त्यतिबेला शाहीले नेपाल मजदुर किसान पार्टीका दिपबहादुर शाहीलाई हराएका थिए।





