काठमाडौं,१६ मंसिर २०८१ । नेपाली यू-१९ क्रिकेट टोली युएईमा जारी एसीसी यू-१९ एसिया कपको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा नपुग्ने पक्का भएको हो । बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । जवाद अबरारले ५९ तथा कप्तान अजिजुल हाकिमले अविजित ५२ रन बनाए ।
नेपालका युवराज खत्रीले ४ विकेट लिए भने कप्तान हेमन्त धामीले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।
बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । अब अफगानिस्तानसँग मंगलबार खेल्ने छ । अफगानिस्तान पनि बाहिरिसकेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
