काठमाडौं । ४१ स्थानीय तहमा उपनिर्वाचन आज सम्पन्न भएको छ । विहान ७ बजेदेखी सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको हो । देशभरका रिक्त ४१ स्थानीय तहमा आइतबार उपनिर्वाचन भएको थियो ।
नगरपालिका प्रमुख एक,उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ मतदातामध्ये ६२ प्रतिशत मतदाताको मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताउनुभयो ।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
