काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतहरुले शपथ ग्रहण गरेका छन्। आज बिहान शीतलनिवासमा आयोजित समारोहमा उनिहरुले सपथ ग्रहण गरेका हुन् ।
जसअनुसार अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी,जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
