काठमाडौं, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेश गरेका हुन ।
सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।