काठमाडौँ। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिएका छन् ।
स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते र भदौ ५ गते पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । त्यसपछि भदौं ७ र ८ गते केन्द्रीय कमिटी बैठकसुकेधारास्थित मिराकल पार्टी भेनुमा बस्ने महासचिव भुसालले जानकारी दिएका छन् । सबै बैठक ११ बजे सुरु हुने बताइएको छ ।
पछिल्लो समय एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच घमासान देखिएको छ । दुवैले एक अर्काविरुद्ध विभिन्न आरोप लगाउदै पार्टी छोडेर जान सक्ने सम्मको अभिव्यक्ति दिएका छन् । दुवै नेताबीच पार्टीको रणनीतिक कार्ययोजनामै विवाद देखिएको छ । त्यस्तै पछिल्लो समय पार्टीमा समाहित भएका नेता वामदेव गौतमले पनि अहिलेसम्म भूमिका नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्न शुरु गरिसकेका छन् । यस पृष्ठभूमिमा हुन लागेको एकीकृत समाजवादीको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




