Close Menu
    खबर साइट

    प्रतिनिधि सभा निर्वाचनका लागि १२ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

    आजको राशिफल बिसं २०८२ मङ्सिर २ गते मंगलबार

    सर्वोच्च अदालतको आदेश: एक करोडसम्मका काम उपभोक्ता समितिबाटै गराउन मिल्ने

    एनपीएल दोस्रो सिजन आजदेखि सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने

    आज १७ नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आजको राशिफल बिसं २०८२ मङ्सिर १ गते सोमवार

    निर्वाचन आयोगमा १२२ राजनीतिक दल दर्ता, २८ दल प्रक्रियामा

    देशभर चिसो बढ्दो क्रममा, काठमाडौंको तापक्रम ९ डिग्रीमा झर्यो

    आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • प्रतिनिधि सभा निर्वाचनका लागि १२ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता
    • आजको राशिफल बिसं २०८२ मङ्सिर २ गते मंगलबार
    • सर्वोच्च अदालतको आदेश: एक करोडसम्मका काम उपभोक्ता समितिबाटै गराउन मिल्ने
    • एनपीएल दोस्रो सिजन आजदेखि सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने
    • आज १७ नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
    • यस्तो छ आजको मौसम पूर्वानुमान
    • आजको राशिफल बिसं २०८२ मङ्सिर १ गते सोमवार
    • निर्वाचन आयोगमा १२२ राजनीतिक दल दर्ता, २८ दल प्रक्रियामा
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

      कार्तिक १२, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      बंगलादेशको अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी

      कार्तिक १, २०८२

      प्रतिनिधि सभा निर्वाचनका लागि १२ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

      मंसिर २, २०८२

      आजको राशिफल बिसं २०८२ मङ्सिर २ गते मंगलबार

      मंसिर २, २०८२

      सर्वोच्च अदालतको आदेश: एक करोडसम्मका काम उपभोक्ता समितिबाटै गराउन मिल्ने

      मंसिर १, २०८२

      एनपीएल दोस्रो सिजन आजदेखि सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने

      मंसिर १, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

      कार्तिक २६, २०८२

      आजको राशिफल बि.सं. २०८२ कार्तिक ७ गते शुक्रबार

      कार्तिक ७, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

      कार्तिक २६, २०८२

      आजको राशिफल बि.सं. २०८२ कार्तिक ७ गते शुक्रबार

      कार्तिक ७, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      न्यू इङ्गल्याण्डमा एआई बन्यो पति !

      भदौ २९, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२

      काठमाडौँ महानगरका ८७ विद्यालयका सबै कक्षा कोठामा तिहारअघि स्मार्ट बोर्ड जडान हुने

      अशोज ८, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » यी हुन् निवर्तमान महिला मन्त्री चौधरीका १२० दिनका मुख्य उपलब्धिहरू

    यी हुन् निवर्तमान महिला मन्त्री चौधरीका १२० दिनका मुख्य उपलब्धिहरू

    खबर साइट डट कमखबर साइट डट कमअसार २०, २०८१9 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौँ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिनुभएको छ ।

    यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका निवर्तमान मन्त्री भगबती चौधरीले आफ्नो १२० दिने मन्त्री कार्यकालका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद चौधरीले आफ्नो कार्यकालमा गर्नुभएको प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो ।

    २०८० फागुन २३ गते दोस्रोपटक महिला मन्त्रालयको मन्त्री नियुक्त हुनुभएका चौधरीले बिहीबार आफ्नो कार्यकालमा भएका उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो । यसअघि उहाँ २०७९ माघ ३ गतेदेखि फागुन १५ गतेसम्म महिला मन्त्री नियुक्त हुनुभएको थियो । तर त्यति बेला उहाँले ४३ दिन मात्र काम गर्ने मौका पाउनुभएको थियो ।

    जसअनुसार निवर्तमान मन्त्री चौधरीले मन्त्रालय अन्तरगत सञ्चालित नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, नेपाल बाल संगठन लगायतको सुधारका कार्यलाई महत्वका साथ अगाडि बढाउनुभएको थियो ।

    यी हुन् मुख्य उपलब्धीहरूः

    १) रेडक्रसमा भएको आर्थिक अनियमितता, जग्गा खरिद अनियमितता, प्रशासनिक अनियमितता तथा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) मा भएको लापरबाहीका विषयमा विभिन्न उजुरीहरू प्राप्त भएकोले सो उपर छानबिन गर्न समाज कल्याण परिषद्का बोर्ड सदस्य सञ्जय साहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले ४५ दिनसम्म अध्ययन, अनुसन्धान गरी विस्तृत प्रतिवेदन तयार गरी पेश गरेको छ । उक्त प्रतिवेदनले जग्गा खरिद, आर्थिक, प्रशासनिक अनियमितता भएको तथा रक्त सञ्चार केन्द्रमा गम्भीर लापरबाही तथा त्रुटि गरेको निष्कर्ष निकाल्दै थप अनुसन्धान र कारबाहीका लागि सिफारिस गरेकोमा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयलाई समेत लेखिपठाएको छ ।
    २) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मुलुकका ८० प्रतिशत बढी जनसङ्ख्याको प्रतिनिधित्व गरेपनि बजेटका हिसाबले सबैभन्दा कम बजेट विनियोजन हुने गरेको छ । जनताका अधिकतम अपेक्षा हुने खासगरी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्ने मन्त्रालयसँग चालू आ.व.मा १ अर्ब ५७ करोड बजेट विनियोजन भएकोमा आउँदो वर्ष ३ करोडले बजेटको सिलिङ घटाइएको अवस्था छ ।
    तथापि, मन्त्रालयलाई ग्रास रुटमा पुर्‍याउने गरी काम गर्न “छोरी आत्मनिर्भर कार्यक्रम” ल्याउन सफल भएका छौँ । साथै अहिले उक्त कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माणको चरणमा रहेको छ । पाइलट प्रोजेक्टका रूपमा यस कार्यक्रम यो वर्षदेखि लागू हुने कार्यक्रम स्थानीय, प्रदेश र संघीय सरकारले संयुक्त रूपमा सञ्चालन गर्नेछ । महिलालाई उद्यमशीलतासँग जोड्ने, उनीहरूको सीप, व्यवसायलाई व्यवसायीकरण गर्ने, बिउ पुँजी प्रदान गर्ने कार्य यस कार्यक्रममा रहेको छ । कार्यक्रमले मधेशमा व्याप्त मिटर ब्याजीको समस्या समेत केही हदसम्म हल गर्ने अपेक्षा गरेकी छु ।
    ३) मन्त्रालयको कामलाई प्रभावकारी र छिटो छरितो गर्नका लागि आवश्यक राय सुझाव प्रदान गर्न यही क्षेत्रमा संलग्न विज्ञहरूको समूह गठन गर्ने कार्य भइरहेको छ ।
    ४) सामाजिक संरक्षण (महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, यौनिक अल्पसङ्ख्यक) का सवालहरूमा भएका ऐनहरूको संशोधनसहित आवश्यक नयाँ ऐन निर्माण गर्न गृह मन्त्रालयसँग समेत समन्वय भइरहेको छ ।
    ५) अपाङ्गताका सवालमा उठेका विवाद, माग र समस्याका सवालमा आन्दोलनरत तनहुँका दीपक भण्डारीसँग वार्ता र संवाद गरी ऐनमा उल्लेख गरेअनुसार सम्झौता गरी आवश्यक राय परामर्शका लागि अर्थ मन्त्रालय पठाइएको छ ।
    ६) खगेन्द्र नवजीवन केन्द्रमा देखिएका समस्या हल गर्नका लागि समिति गठन, कार्यदल गठनका लागि राय लिने कार्य भइरहेको छ ।
    ७) ज्येष्ठ नागरिक आश्रम सुधार गर्न, केयर सिस्टम निर्देशिका तयार गर्ने कार्य भइरहेको ।
    ८) युएन वुमनको ६८ औँ CSW विश्व सम्मेलनमा भाग लिन अमेरिकाको न्यूयोर्कमा सहभागी भई महिलाका सवालमा नेपालले अङ्गीकार गरेको नीति, ऐन, कानुन, वर्तमान अवस्था र भावी रणनीतिका बारेमा प्रस्तुति दिइएको छ ।
    ९) ज्येष्ठ नागरिक अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ ।
    १०) BPFA को प्रतिवेदन तयार भई मन्त्रिपरिषद्मा निर्णयार्थ पेश गरिएको छ ।
    ११) विभिन्न जिल्लामा जोखिममा रहेका प्रसूति महिलाहरूको नियमित रूपमा हवाई उद्धार गरिएको ।
    १२) ज्येष्ठ नागरिकहरूका समस्याका विषयमा महिला तथा सामाजिक समिति (संसदीय समिति) मा प्रस्तुतीकरण र छलफल गरिएको छ ।
    १३) कर्णाली प्रदेशमा महिलासँग सम्बन्धित कुरीति विरुद्धको अभियान कार्यक्रम सञ्चालन भएको छ ।
    १४) बालबालिका सम्बन्धी राष्ट्रिय रणनीति तयार हुँदै गरेको अवस्था छ ।
    १५) महिला हिंसा विरुद्धको १६ दिने अभियान महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको छ ।
    १६) संघीय मन्त्रालयहरूको जेण्डर अडिट गर्ने कार्यहरू भइरहेको छ ।
    १७) जनसङ्ख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको प्रतिविद्धताहरू विशेष गरी लैङ्गिक हिंसा अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनमा संसद्को भूमिका विषयक कार्यक्रममा सहभागी भई,
    क) महिला विरुद्धको हिंसाको अन्त्य, लैङ्गिक समानताको लागि पुरुषको भूमिका जस्ता मुद्दाका विषयमा सम्बोधन गरिएको छ ।
    ख) नेपालमा ICPD कार्य योजना कार्यान्वयनको अवस्थाबारे प्रस्तुतिको तयारी गरिएको ।
    ग) लैङ्गिक समानता नीति – २०७७, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन – २०६४ र नियमावली – २०६५, घरेलु हिंसा कसुर तथा सजाय ऐन – २०६६ र नियमावली – २०६७, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन – २०७१, बोक्सीको आरोप (कसुर र सजाय ऐन – २०७२ लगायत कार्यान्वयनमा जोड दिइएको छ ।
    १८) लैङ्गिक हिंसा सम्बोधनका लागि स्थापना गरिएका संयन्त्रहरूलाई चलायमान बनाउन नियमित रूपमा छलफल, अन्तरक्रिया गरी निर्देशन दिइएको छ ।
    १९) समाजमा विद्यमान लैङ्गिक विभेदहरूको अन्त्यका लागि तीनै तहका सरकारसँग समन्वय, सहकार्य गरी अगाडी बढिएको तथा सरोकारवालासँग राय सल्लाह लिइएको ।
    २०) राष्ट्रिय बाल अधिकार परिषद् :
    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को सुधारका लागि तपसिलका सुधारका कार्यहरू भइरहेका छन् ।
    क) राष्ट्रिय बाल अधिकार परिषद्को बोर्ड बैठक २०८१ वैशाख १४ गते बसेकोमा उक्त बैठकले परिषद् सुधारका लागि पदाधिकारीको जिम्मेवारी हेरफेर गरि कार्यान्वयन गरिएको ।
    ख) परिषद्को बोर्ड बैठकले परिषद् तथा सदस्य सचिवले अख्तियारको दुरुपयोग गरेको, विभिन्न बाल गृहहरूलाई नियम विपरीत अनुमति दिएको, आफ्नै श्रीमानलाई उप समितिमा नियुक्त गरेको, बोर्डको अधिकार आफूमा प्रत्यायोजन गरेको तथा कानुनभन्दा बाहिर गएर दातृ निकायसँग विभिन्न सम्झौता गरेको लगायतका उजुरीहरू प्राप्त भएकोमा सो सम्बन्धमा मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । उक्त छानबिन समितिले अनुसन्धान अगाडी बढाइरहेकोले छानबिनको प्रतिवेदन नआएसम्मका लागि सदस्य सचिवलाई आर्थिक र प्रशासनिक काम गर्न बाहेक अन्य कामकारबाही गर्न रोक लगाइएको छ ।
    ग) बाल अधिकार परिषद्सम्बन्धी ऐन तथा नियमावली संशोधनका लागि परिषद्का पूर्व कार्यकारी निर्देशक बाल अधिकार विज्ञ समूहसँग आवश्यक परामर्श गरी कार्य अगाडी बढाइएको छ ।
    घ) परिषद्ले नियमित गर्ने कार्य, सडक बालबालिका उद्धार, राहत, व्यवस्थापनका लागि सक्रिय १०९८, १०४ को काम कारबाहीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । हाल परिषद्को कार्य सम्पादन मूल्याङ्कनमा १०४ र १०९८ को भूमिका महत्त्वपूर्ण रहेको र त्यहाँका कर्मचारीहरूको भूमिका प्रशंसनीय रहेको छ ।
    ङ) बाल अधिकार परिषद्मा कार्यरत कर्मचारीहरूको हालसम्म O&M समेत नभएकोले सो कार्य अगाडी बढाउन बोर्डले निर्णय गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अनुरोध गरेको छ ।
    च) परिषद् अन्तरगतका विज्ञ समूह र उपसमितिहरूको काम कारबाही प्रभावकारी नभएको जनगुनासो आएकोले उल्लेखित विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न उपाध्यक्षलाई निर्देशन दिइएको छ ।
    छ) नेपाल सरकारका सबै स्थानीय तहहरूका सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा बालबालिका खोज तलास १०४ र बाल हेल्प लाइन १०९८ को सेवा प्रवाह सम्बन्धी व्यवस्थाको विवरण सहितको नागरिक बडापत्र राख्न निर्देशन दिइएको छ ।
    ज) बाल अधिकार परिषद् सञ्चालन काम कर्तव्य र अधिकारको प्रभावकारी सञ्चालन, व्यवस्थापन र कार्यान्वयनका लागि राष्ट्रिय बाल अधिकार परिषद् सञ्चालन निर्देशिका निर्माण गरी लागू गराउन मन्त्रालयलाई लेखी पठाइएको तथा मन्त्रालयले आवश्यक काम अगाडी बढाएको छ ।
    झ) राष्ट्रिय बाल अधिकार परिषद्लाई प्रभावकारी बनाउन बालबालिका सम्बन्धी ऐन २०७५ को संशोधन गर्न, साथै राष्ट्रिय बाल अधिकार परिषद् ऐन जारी गर्न छलफल भइरहेको छ ।
    ञ) बाल सुधार गृहमा देखिएको समस्या समाधान गर्न, बाल संरक्षण प्रणालीलाई बलियो बनाउन ऐन अनुसार कार्यहरू गर्नका लागि सक्रियता पूर्वक अगाडी बढेको ।
    २१) समाज कल्याण परिषद्
    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूले गरेका काम कारबाहीलाई प्रभावकारी रूपमा अनुगमन, मूल्याङ्कन गर्ने, विदेशी दातृ निकायहरूलाई नेपालका विभिन्न क्षेत्रहरूमा काम गर्नका लागि अनुमति दिने, समाजमा विद्यमान गरिब, दुखी जनहरूको सेवाका लागि सञ्चालित समाज कल्याण परिषद्लाई समयानुकूल परिष्कृत गर्न पुनर्संरचना गर्ने निर्णय गरिएको छ । यसकालागि आवश्यक कार्यहरू अगाडी बढाइएको छ ।
    क) समाज कल्याण परिषद्मा रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरिएको छ ।
    ख) समाज कल्याण परिषद्को O & M समेत नभएको, कर्मचारीहरूको स्थायी, बढुवा प्रक्रियाहरू नगरिएको, कार्यरत कर्मचारीहरूलाई हालसम्म कुनै तालिम, प्रशिक्षण समेत नदिइएकोले सो कार्य तत्काल अगाडी बढाउन प्रक्रिया थालिएको छ ।
    ग) समाज कल्याण परिषद्लाई संघीय संरचनामा लैजानका लागि तत्काल कार्य अगाडी बढाइएको ।
    घ) समाज कल्याण परिषद्को सेवाहरूलाई डिजिटाइजेशन गर्न प्रक्रिया अगाडी बढाइएको छ ।
    ङ) राजधानीको मुटुमा रहेको भृकुटीमण्डपको व्यवस्थापनमा देखिएका चुनौतीहरू उठान गर्दै त्यसको समुचित व्यवस्थापन, विकास गर्न थालिएको छ ।
    च) भृकुटी मण्डपमा विगत ३२ वर्षदेखि त्रिपाल र बाँसको टहरामा अव्यवस्थित रूपमा खुल्ला बजार सञ्चालन भइरहेकोमा उक्त बजारलाई व्यवस्थित गर्नका लागि सेमी पर्मानेन्ट स्टल निर्माणको ठेक्का लगाउन अन्तिम चरणमा पुगेको छ ।
    छ) भृकुटीमण्डपमा विभिन्न समयमा भाडामा लिएर पसल, पार्क लगायत सञ्चालन गर्नेहरूबाट उठाउन बाँकी रहेको रकम असुल गर्न निर्देशन दिइएको छ ।
    ज) भृकुटी मण्डपको भवन मर्मत गर्न तथा नयाँ छानो लगाउन सहरी मन्त्रालयसँग समन्वय गरी तत्काल कार्य अगाडी बढाउन प्रक्रिया भइरहेको छ ।
    झ) समाज कल्याण परिषद्लाई सुधार गर्नका लागि पार्टीको विभाग तथा मानव अधिकार एलायन्सका पदाधिकारीहरूसँग परामर्श र सल्लाह गरिएको साथै, परिषद्भित्र नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न हेल्प डेस्क स्थापनाको प्रक्रिया अगाडी बढाइएको छ ।
    ञ) समाज कल्याण परिषद्, नेपाल रेडक्रस सोसाइटी जस्ता सामाजिक संस्थाहरू सञ्चालनार्थ एकीकृत सामाजिक विकास ऐन निर्माणका लागि प्रक्रिया अगाडी बढाउन नागरिक समाजको प्रतिनिधिसहित विधेयक मस्यौदा समिति गठन गर्न आवश्यक छलफल र परामर्श लिइरहेको ।
    ट) समाज कल्याण परिषद्को कामलाई प्रभावकारी, नागरिक संगठन मैत्री बनाउन परिषद् अन्तर्गतका निर्देशिका, कार्यविधि र निर्देशिकाहरू समय सापेक्ष बनाउन थालनी गरिएको ।
    ठ) बहुपक्षीय, द्विपक्षीय, विकास सहायता र संयुक्त राष्ट्र संघीय निकायहरूका आयोजना, परियोजना र नेपाल सरकारले स्वीकृत गरिसकेका बाहेक नेपाल भित्रिने वैदेशिक सहयोगको, स्वीकृति र अनुमोदनमा देखिएका विवाद निराकरण गर्न र प्रक्रियामा नआएका संघ सङ्गठनहरूलाई एकद्वार प्रक्रियामा ल्याउन विज्ञसहितको कार्यदल गठन गर्न विज्ञसँग समन्वय भइरहेको छ ।
    २२) नेपाल बाल संगठन
    क) नेपाल बाल संगठनको सङ्गठनात्मक सुधार, सञ्चालन र व्यवस्थापनका लागि विस्तृत अध्ययन गर्न कार्यदल गठन गर्नका लागि मन्त्रालयगत कार्य तथा विज्ञहरूसँग आवश्यक परामर्श लिइरहेको ।
    ख) देशभर बाल संगठनमा रहेका श्रोत, सम्पत्तिहरूको विवरण तयार पारी उचित व्यवस्थापनका लागि कार्य अगाडी बढाइएको ।
    ग) बाल गृहहरूको अनुगमन, निरीक्षण गरिएको तथा समस्यामा रहेका बाल गृहहरू सुधारका लागि काम भइरहेको ।
    घ) बाल संगठनलाई मन्त्रालय अन्तरगत ल्याउन कानुन तथा विज्ञहरूसँग छलफल र परामर्श गरिएको ।
    ङ) समाज कल्याण परिषद् अन्तरगत रहेको राष्ट्रिय स्वास्थ्य कोष, राष्ट्रिय अपाङ्ग कोष, ज्येष्ठ नागरिक कोषको रिक्त रहेको सभापति, सदस्य सचिव लगायत पदाधिकारी मनोनयन गरिएको

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      प्रतिनिधि सभा निर्वाचनका लागि १२ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      आजको राशिफल बिसं २०८२ मङ्सिर २ गते मंगलबार
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      सर्वोच्च अदालतको आदेश: एक करोडसम्मका काम उपभोक्ता समितिबाटै गराउन मिल्ने
    • खबर साइट डट कम
      https://khabarsite.com/archives/author/khabarsite
      एनपीएल दोस्रो सिजन आजदेखि सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleएमालेबाट मन्त्री बनेकाले राजीनामा दिएपछि प्रधानमन्त्रीको काँधमा थप आठ मन्त्रालय
    Next Article नेकपा एसको अध्यक्ष, सम्मानित नेता र महासचिव पूरानै दोहोरिए

    सम्बन्धित खबर

    प्रतिनिधि सभा निर्वाचनका लागि १२ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

    आजको राशिफल बिसं २०८२ मङ्सिर २ गते मंगलबार

    सर्वोच्च अदालतको आदेश: एक करोडसम्मका काम उपभोक्ता समितिबाटै गराउन मिल्ने

    एनपीएल दोस्रो सिजन आजदेखि सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने

    आज १७ नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

    यस्तो छ आजको मौसम पूर्वानुमान

    Add A Comment
    Leave A Reply

    You must be logged in to post a comment.

    ताजा खबर

    प्रतिनिधि सभा निर्वाचनका लागि १२ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

    आजको राशिफल बिसं २०८२ मङ्सिर २ गते मंगलबार

    सर्वोच्च अदालतको आदेश: एक करोडसम्मका काम उपभोक्ता समितिबाटै गराउन मिल्ने

    एनपीएल दोस्रो सिजन आजदेखि सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने

    आज १७ नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    आज १७ नोभेम्बर अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

    खबर साइट डट कम

    नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको सदस्यहरुको सूचीमा विवाद

    खबर साइट डट कम

    ओलीलाई ईश्वर पोखरेलको काउन्टर : वक्तव्यमार्फत ५ मुख्य सन्देश

    खबर साइट डट कम

    मतदाता नामावली दर्ता पाँच दिन थप, अब मंसिर ५ सम्म दर्ता गर्न सकिने

    खबर साइट डट कम

    च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

    खबर साइट डट कम

    बंगलादेशको अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी

    खबर साइट डट कम

    सामाजिक सञ्जाल र मिडियामा भएका टिका टिप्पणीप्रति नेपाली सेनाको ध्यानाकर्षण

    खबर साइट डट कम

    विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.