काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ । आइतवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत प्रस्थान गर्नुभएको हो ।
परराष्ट्रमन्त्री राणाले पाँच दिन भारत भ्रमणमा बिताउनु हुनेछ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा जानुभएको हो ।
भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।