काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ ।
दशरथ रंगशाला खेल्न योग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ ९एन्फा० ले अन्तिम समयमा खेल स्थल सार्नु परेको हो ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवाले उच्च मनोबलका साथ खेल्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताएका छन् ।
प्रशिक्षक श्रेष्ठले ४५ दिनदेखि तयारी गर्ने अवसर पाएको र सोहीअनुरूप प्रशिक्षण प्रभावकारी भएकाले नतिजा सुखद् ल्याउने विश्वास व्यक्त गरेका छन् ।
गत संस्करण यु–१९ खेलेका ११ खेलाडी अहिले यस टोलीमा रहेका छन् । एनएसएल, लिग र ‘सी’ डिभिजन खेलिसकेका खेलाडी भएकाले टोली अनुभवी बनेको प्रशिक्षक श्रेष्ठको विश्वास छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।