काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लात्भिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने बारा कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।
पक्राउ मध्ये शन्त कुमारले लात्भिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र विष्णुराजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शन्त कुमारलाई काठमाडौं महानगरपालिका-११ बाट आइतबार र विष्णुराजलाई काठमाडौं महानगरपालिका-११ बाट शुक्रबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
