काठमाडौँ । उज्वेकिस्तान र जोर्डनले पहिलो पटक फिफा फुटबल विश्वकपमा छनौट भएका छन् ।
त्यस्तै दक्षिण कोरिया पनि विश्वकपमा छनौट भएको छ ।विश्वकप छनौट अन्तर्गतको खेलमा उज्वेकिस्तान यूएईसँग गोलरहित बराबरी खेल्दै आफुलाई पहिलो पटक विश्वकपमा पुर्याएको हो ।
एसियाली छनोट तेस्रो चरणको समूह ‘ए’ मा इरान र उज्वेकिस्तान शीर्ष स्थानमा छन् । इरान पनि विश्वकपका लागि छनोट भइसकेको छ ।त्यस्तै जोर्डनले ओमानलाई ३-० गोल अन्तरले पराजित गर्दै समुह बि मा दोस्रो हुदै विश्वकपमा पहिलो पटक छनौट भएको छ ।
एशिया छनौटको समुह बी मा दक्षिण कोरिया शिर्ष स्थानमा रहदै विश्वकपमा छनौ भएको छ ।एशियाबाट अहिलेसम्म इरान, जापान, दक्षिण कोरियाम जोर्डन र उज्वेकिस्तान विश्वकपका लागि छनौट भएका छन् ।
त्यस्तै क्यानडा मेक्सिको र अमेरिका २०२६ विश्वकपको आयोजकको रुपमा छनौट भएका छन् । त्यसैगरी दक्षिण अमेरिकी समुहबाट अर्जेन्टिना यसअघि नै छनौट भइसकेको छ भने आसियाना क्षेत्रबाट न्यूजील्याण्ड विश्वकपमा छनौट भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
