काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई न्यायपालिकाले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
शनिबार मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै आफुलाई कुनै गल्ति नगरेकोले आफुलाई न्यायालयमाथि विश्वास रहेको बताएका हुन् ।
उनले भनेका छन्- ‘हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्ति आत्तिएका पनि छन् । आतंकित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण, ममाथि भ्रष्टाचारको मुद्धा लगाइएको छ ।
भ्रष्टाचारको केस निर्णयको अधार चाहिन्छ । माधव नेपालले एक पैसा घुस लिएको भएको, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सानी गरेको भए, त्यसको जिम्मेवारी मैले लिन्छु । सबै गलत कामका विरुद्ध दृढताका साथ उभिनेछु ।
मलाई विश्वास छ न्यायपालिकाले न्याय दिनेछ । र न्यायको जित हुने छ । अन्यायको हार हुने छ ।’उनले आफ्नो अगाडी चुनौती आएको बताउदै आफुले मैदान छोडेर नभाग्ने बताउदै यसको सामना गर्ने बताएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
