धनगढी १५ माघ २०८१ । कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।
जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।
पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन्।
किशोरीलाई चार जनाले सामूहिक करणी गरेका बताइएको छ। मंसिर २२ गते करणी भएको भए पनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ।
करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए। उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
