काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार सचिवालय बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमका साथै महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य लगायतमा छलफल हुने छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
