काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपका चार खेलको मैदान परिवर्तन गरिएको छ । आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मौसमको प्रतिकूल प्रभावका कारण किङ्स एरिनाको मैदान हिलाम्मे भएपछि खेल स्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।
साफका अनुसार प्रतियोगिताका खेल नम्बर ७, ८, ९ र १० अब बसुन्धारा स्पोर्ट्स ग्राउन्डमा खेलाइनेछ । जसमा बिहीबार र शनिबार हुने ४ खेल हुने छन् ।
हालसम्मका खेलहरू ढाकास्थित किङ्स एरिनामा हुँदै आएका थिए । तर, अविरल वर्षाले मैदान अत्यधिक हिलो तथा खेल्न अयोग्य बनेपछि साफले खेलाडीको सुरक्षालाई प्राथमिकतामा राख्दै खेल स्थान सार्ने निर्णय गरेको जनाएको छ ।
च्याम्पियनसिप अन्तर्गत विहिबार नेपालले श्रीलंकासँग र बंगलादेशले भुटानसँग खेल्ने तालिका रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
