Close Menu
    खबर साइट

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !

    अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

    आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी

    हत्या गरेको अभियोगमा सोलुखुम्बुमा एक जना पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ
    • फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
    • सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
    • फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम
    • बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !
    • अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट
    • आलमलाई सफाई दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा पुग्यो

      जेष्ठ १७, २०८२

      आजका लागि विदेशी मुद्राको विनिमयदर

      जेष्ठ १७, २०८२

      सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल’ कार्यक्रम सञ्चालन गर्ने

      जेष्ठ १६, २०८२

      भोलि ३ बजे अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट पेश गर्ने

      जेष्ठ १५, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

      जेष्ठ १८, २०८२

      हत्या गरेको अभियोगमा सोलुखुम्बुमा एक जना पक्राउ

      जेष्ठ १७, २०८२

      बंगलादेशी नागरिक अपहरण गर्ने ९ जना भारतीय गिरोह काठमाडौंबाट पक्राउ

      जेष्ठ १५, २०८२

      अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

      जेष्ठ १७, २०८२

      हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

      जेष्ठ १७, २०८२

      अमेरिकाले विदेशी विद्यार्थीको भिसा अन्तर्वार्ता रोक्यो

      जेष्ठ १५, २०८२

      विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

      जेष्ठ १४, २०८२

      कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

      जेष्ठ १८, २०८२

      अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

      जेष्ठ १८, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

      जेष्ठ १८, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ २, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ६, २०८२

      ‘प्रेम कथा’ सिरियल दर्शकको मन जित्दै भाग २६ मा प्रवेश

      चैत्र १३, २०८१

      आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा देखा परे

      बैशाख १, २०८२

      जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा,महत्त्वपूर्ण जानकारी आयो बाहिर

      चैत्र २३, २०८१

      बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै

      चैत्र १५, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १८, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      २०८२ जेष्ठ १५ गते बिहीबारको राशिफल

      जेष्ठ १६, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १५, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      पिपलटारमा प्रजनन स्वास्थ्य रुग्णता जाँच स्वास्थ्य शिविर

      जेष्ठ ५, २०८२

      हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

      बैशाख १९, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

      बैशाख २, २०८२

      २०८२ जेष्ठ १६ गते शुक्रबार: आजको राशिफल

      जेष्ठ १७, २०८२

      २०८२ जेष्ठ १५ गते बिहीबारको राशिफल

      जेष्ठ १६, २०८२

      आजको राशिफल बि.सं. २०८२ जेष्ठ १४ गते बुधबार

      जेष्ठ १५, २०८२

      आजको राशिफल: २०८२ जेष्ठ १३ गते मंगलवार

      जेष्ठ १४, २०८२

      फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

      जेष्ठ १८, २०८२

      अमेरिकाले यसबर्ष एक हजार भारतीयलाई गर्यो डिपोर्ट

      जेष्ठ १७, २०८२

      विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

      जेष्ठ १४, २०८२

      यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

      जेष्ठ १३, २०८२

      नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

      जेष्ठ ६, २०८२

      राती अबेरसम्म निंन्द्रा लाग्दैन त्यसो भए खानुहाेस यी ४ चीज

      बैशाख २७, २०८२

      रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज

      बैशाख ६, २०८२

      गाजर खानुको १० फाइदा

      चैत्र २३, २०८१
    • सूचना र प्रविधि

      ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

      बैशाख २७, २०८२

      सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

      बैशाख १९, २०८२

      सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा प्रतिबन्ध लगाइने

      बैशाख १२, २०८२

      अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

      फाल्गुन ११, २०८१

      अभिब्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम सरकारबाट हुदैँन्: प्रधानमन्त्री

      फाल्गुन ९, २०८१
    KhabarSite.com खबरहरुको साइटKhabarSite.com खबरहरुको साइट
    Home » गजलका कुराले जल बर्साउदै बबिना

    गजलका कुराले जल बर्साउदै बबिना

    खबर साइट डट कमखबर साइट डट कमजेष्ठ ६, २०८२9 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    काठमाडौः पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आइरहेका छन् जसले गर्दा जनमानसको भावना उजागर गर्न गजलले सहयोग पुर्याएको छ भने गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, प्रतीकात्मकता र गहन अर्थ भित्राएको छ । गजलले साहित्यिक विधामा विविधता समेत ल्याएको छ । नयाँ पुस्ताका लेखक तथा पाठकहरू पनि गजलप्रति आकर्षित भइरहेका छन् । नेपाली गजल अहिले साहित्य, संगीत र समाजको बीचमा सेतुको काम गर्दै, परम्परा र आधुनिकताको सन्तुलनमा गहिरो प्रभाव छोडिरहेको अनुभूति भइरहेको छ ।

    म बर्साऊँ कि जल गजलका कुराले
    भिजाऊँ मरुस्थल गजलका कुराले…

    सरसर्ती पढ्दा गजलको यो शेर सामान्य लाग्छ । गजलका कुराले वर्षा गराउने र त्यो वर्षाले मरुस्थल अर्थात मरुभूमि विभाउने कुरा छ । जल वर्से पछि मरुभूमि या जुनसुकै भूमि भिज्छ नै । तर यो शेरको अर्थ गहनतम् छ, मरुभूमि भिज्ने र भिजाउने सन्दर्भमा मात्र सिमित छैन । जलको शाब्दिक अर्थ पानी नै हो, विशेष गरि गंगा आदि नदिको पवित्र पानी, देवतालाई स्नान गराएको वा पूज्यजनको पाउ धोएको पानी, चरणामृतलाई जल भनिन्छ । गजलको शेरले यी पवित्र पानीलाई मात्र समेटेको छैन, भावना, आँसु वा अभिव्यक्तिलाई पनि समेटेको छ जहाँ भावना, प्रेम, विरह, पिडा सबै अटाएका छन्, गजलका कुराले मरुभूमि तथा रित्तपोपन, शुष्कता, निष्ठुरता, प्रेमविहिनता लाई पनि भिजाएर रसिलो बनाउने भाव गजलको शेरमा छ । भावनात्मक रुपमा हेर्दा गजलको शेरले कसैको कठोर मन पगाल्न सक्ने विम्व छ, मरुस्थल शब्दले सहारा मरुभूमि भन्न खोजेको होइन मरुस्थल त्यो मान्छेको मन हो जहाँ भावना छैन, करुणा छैन, प्रेम छैन तर गजलले त्यो मन पनि भिजाउन सक्छ अर्थात त्यो मनमा पनि भावना, करुणा र प्रेमको अनुभूति दिलाउन सक्छ ।

    जल्यो तन, जल्यो मन छ आगो वदनमा
    बनाऊँ म शीतल गजलका कुराले …

    बदनमा नै अग्नी भए पछि तन, मन जल्ने नै भयो, अग्नीको काम नै जलाउनु हो । यति बेला शरीर र मन दुवै जलिरहेको अवस्था छ, त्यो जलनको पिडा जो जलेको छ उसले मात्र महशुष गर्न सक्छ, अरुले गर्ने अनुमान मात्रै हो । गजलमा आगोलाई प्रतीकको रुपमा लिइएको छ । आगोले क्रोध,पिडा, अशान्ति, वियोग, वेदना, विरहलाई समेटेको छ अनि यिनै भावले उत्पन्न हुने दुःख, पिडा, मानसिक तनाव वा भनौ गहिरो भावानात्मक आघातलाई समेटेको छ, यी भावहरुलाई गजलका शब्द, भावना, संगीत र झंकारले कसैले भोगिरहेको गहिरो पीडा, तनाव वा भावनात्मक आगो अनि  गजलमार्फत यस्तो आगोलाई पनि शीतलता दिन सक्छु, सान्त्वना दिन सक्छु, आशा दिन सक्छु भन्ने भाव रहेको छ । यो शेरले गजल भनेको उपचार हो, शान्ति दिने माध्यम हो, जलिरहेको मनलाई शितलता दिने श्रोत हो भनेर गजलको महत्वलाई दर्शाइएको छ । गजलको यो शेरले गजलको उपचारात्मक शक्ति लाई उजागर गरेको छ । शरीर र आत्मा जलिरहेका छन्, संसार दुखै दुःखले भरिएको छ, तर गजलका मीठा, संवेदनशील कुराले त्यो आगोमा पनि शीतलता ल्याउन सकिन्छ भन्ने अर्थ गजलको यो शेरले बोकेको छ ।
    म बादल म वर्षात बिजुली बनेर
    मचाऊँ म हलचल गजलका कुराले …

    बादल, वर्षात, बिजुली प्रकृतिका तीन शक्तिशाली रुप हुन् ।  बादल अर्थात गहिरो र अर्थपूर्ण, वर्षा अर्थात सान्त्वनादायी, जीवनदायी, बिजुली अर्थात चमत्कारी र तरङ्ग फैलाउने, आकस्मिक रुपमा प्रभाव पार्न सक्ने प्राकृतिक शक्ति अनि यी सबै शक्ति गजल मार्फत सम्भव छ, गजलले नै मानिसका भावना झकझक्याउन सकिने र समाजमा चेतना फैलाउन र परिवर्तन ल्याउन सकिने, गजल केवल भाुवकता होइन त्यो जागरण हो, हलचल ल्याउन सक्ने हतियार हो भन्ने भाव गजलको यो शेरले बोकेको छ ।

    म सङ्गीतको मूर्च्छनाभित्र डुब्छु
    बजीदिन्छ मादल गजलका कुराले …

    यो शेर अलि फरक छ अनि यो शेरले दिने सन्देश पनि फरक छ । गजलको यो शेरले संगीतात्मक, भावनात्मक र शब्दको लयात्मक शक्ति झल्काएको छ । मूर्च्छना आफैंमा सांगितिक शब्द हो जसको अर्थ संगीत भित्रको पनि गहिरो भाव वा अवस्था हो जहाँ मानिस एक प्रकारले आत्मविस्मरणमा पुग्न सक्छ । संगीतको मूर्च्छना भित्र डुब्दा संसार विर्सन सकिन्छ । गजल शब्द मात्र होइन संगीतले गजललाई अनुभूतिमय बनाउन सकिन्छ, जब गजल संगीतमय बन्छ त्यो गजलले तन, मन र आत्मामा संगीत, लय र उत्सव ल्याउँछ । त्यति बेला गजलले मादलको ध्वनी जस्तै गहिरो अनुभूति फैलाउँछ, गजलको यो शेरले गजललाई लय, भावना र संस्कृतिको संगमको रुपमा प्रस्तुत गर्छ ।

    तिमी प्यास मेट्न नदीसम्म धायौ
    बगीदिन्छु अविरल गजलका कुराले …

    यो शेरमा ‘तिमी’ शब्दलाई प्रतिकात्मक रुपमा प्रयोग गरिएको छ । तिमी भन्नाले श्रोता, पाठक, समाज भन्ने बुभ्‌न सकिन्छ जो भावनात्मक, आत्मिक तिर्खा मेट्न नदी अर्थात श्रोत तर्फ लम्किन्छ तर नदी गजलको रुपमा आँफै भित्र प्रवाहित थियो । तिमी नदी अर्थात श्रोत खोज्दै थियौ  तर म त स्वयं बगिरहेको थिएँ तिमी भित्रै, तिमीलाई सान्त्वना दिन, शान्ति दिन अनि गहिरो अनुभूति भित्र डुवाउन । गजलको यो शेरले गजललाई जीवनदायी नदीको रुप दिएको छ, जसरी नदी प्यास मेटाउँछ गजलले पनि आत्मिक प्यास मेटाउँछ, सान्त्वना दिन्छ, प्रेरणा दिन्छ र अविरल बग्ने सत्यको माध्यम बनिदिन्छ ।

    समग्रमा गजल केवल शब्दहरूको खेल मात्र होइन, गजल एक अनुभूति हो, जसले पीडितलाई शीतलता दिन सक्छ, सुकेको मनलाई भिजाउन सक्छ, सङ्गीतजस्तो आत्मालाई स्पर्श गर्न सक्छ र समाजमा चेतना र हलचल ल्याउन सक्छ ।  गजल पानी झैं जीवनदायी, सङ्गीत झैं गहिरो,आगो झैं शक्तिशाली र नदी झैं निरन्तर बगिरहने माध्यम हो । यो गजलमा गजलकारको मन, आत्मा, र विचारहरू गजलमा समर्पित छन् । गजल मार्फत उनी सान्त्वना, ऊर्जा, परिवर्तन, र सौन्दर्य दिन चाहन्छन्,  गजल एउटा अनुभूति हो, जुन बोल्दैन तर भित्रसम्म बोल्छ, दुःखीलाई सान्त्वना, सुकेकोलाई भिजाइ, मौनतालाई लय दिन्छ ।

    यति विम्वात्मक, प्रतिकात्मक, जीवन्त एवं अर्थपूर्ण गजल लेख्ने गजलकार हुन् कवि तथा गजलकार उत्तम विचार भेटुवाल । उनका भावनात्मक गहिराई, प्रतीकात्मकता, र आत्मिक उथलपुथलका श्रृङ्खला बोकेका, बादल वर्षा, बिजुली, मरुस्थल, मन, मुटु, नदी, प्यास, प्रेम, समर्पण आदिलाई विषय बनाएर अघि बढेका गजलका यी सुन्दर शेरहरुलाई  अहिले निकै चर्चाको चुलीमा रहेकी गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्‌नो मधुर र लययुक्त स्वर एवं गजलको परम्परागत लय संगै आधुनिक प्रस्तुति मिसिएको संगीतमा सार्वजनिक भएको छ । उक्त गजलमा बिनोद भुजेलको एरेन्ज रहेको छ ।   म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गजलकोे मिक्सिङ मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

    ए.जे. अजुले गजलको गहिराइ र संगीतको लयलाई चित्रण गरि निर्देशन गरेका ‘गजलका कुरा’ को  भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । ‘गजलका कुराले’ गजलको भिडियोमा  प्रिया नगरकोटीले श्रृङ्गार सहित उपेन्द्र लिम्वु हारमोनियम,दिपक सापकोटा तवला, जय वि.के गितारमा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् । गजल ‘गजलका कुराले’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत गजलको अडियो सार्बजनिक गर्दै गजलकार उत्तम विचारले नेपाली गजल आकाश थप चौडा हुँदै गएको परिप्रेक्षमा अर्को एउटा बादलको चोइलो चोइलो थपिएको भान गरेको बताएका छन् भने गायिका तथा संगीतकार बबिना भट्टराईले निकै मेहनतका गाएकी आफ्‌नो यस गजललाई तपाईं तमाम पाठक, दर्शक, श्रोताले सुनेर हेरेर न्याय दिनुहुनेछ भन्ने आफ्‌नो अपेक्षा रहेको उनले बताएका छन् ।

    गायिका तथा संगीतकार बबिना भट्टराईले गजल ‘गजलका कुराले’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘उत्तम विचार भेटुवालका  गहिरो भाव बोकेको यो गजललाई मेरो पोल्टामा हालिदिनु भएको र वहाँका शब्दहरुमा मेरो स्वर र संगीतमा सार्वजनिक भएको यो गजल यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्‌नो अमुल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गजलको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’

    उत्तम विचारद्वारा रचित यो गजल ‘गजलका कुराले’ गजल, गजलको शक्ति र प्रभावलाई विषयवस्तु बनाउँदै अगाडि बढेको अनुभूति हुन्छ ।  शब्दहरू केवल व्याकरणीय संयोजन होइननन् ती प्रतीकात्मक संसार पनि हुन् भन्ने भाव गजलमा प्रयोग भएका मरुस्थल भिजाउनु, शीतलता बनाउनु, हलचल मच्चाउनु, मादल बजाउनु, अविरल बग्नु — यी सबै अभिव्यक्तिहरू गजलको माध्यमबाट मानिसको मनोभूमिमा उत्पन्न हुने तरंगहरू हुन् । उनले  गजललाई केवल श्रृङगार, पीडा वा सौन्दर्यको बयानमा सीमित नराखी त्यसलाई क्रान्तिकारी ऊर्जा, भावनात्मक मलम, र सामाजिक जागरणको उपकरणका रूपमा प्रस्तुत गरेका छन् ।
    गयिका तथा संगीतकार बबिना भट्टराईले शब्दको आत्मालाई नछोपेर  झनै उजागर गरिने गरी संगीत संयोजन गरेकी छन् भने स्वर संयोजन झन् बेजोड रहेको छ । शब्द अनुसार कुनै ठाउँमा स्वर मौनजस्तै हुन्छ  जस्तो कि पीडाको सुइँको, त कहीं स्वर गर्जन्छ — परिवर्तनको हुंकार झैं । उत्तम विचारका गजल ‘गजलका कुराले’ एउटा यस्तो सशक्त सिर्जना हो, जसले नेपाली गजलको संवेदनशील पाटोलाई अझ गहिराइमा चिनाउन  सक्छ भन्ने विश्वास लिन सकिन्छ । शब्दको गहिराई, स्वरको गाम्भीर्य, संगीतको सरलता, र दृश्यको मर्मस्पर्शीपनले गजल ‘गजलका कुराले’ नेपाली गजलप्रेमीका लागि मात्र नभएर, संगीतको आत्मासँग जोडिन चाहने हरेक संवेदनशील आत्माका लागि उपहार मान्न सकिन्छ ।
    कवि तथा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ गजल ‘गजलका कुराले’ का सन्दर्भमा भन्छन्  ‘आहा ! बेजोड सेरहरू, स्वर र सङ्गीतको मिठासपूर्ण सङ्गमले गजल भित्रका गजलका कुरा सुनिरहूँ लाग्ने बनेको छ । गजलकार उत्तम विचार र गायिका बबिना भट्टराई लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ !’

    ‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्‌नै भजन च्यानल ‘श्री भजन्स्‌’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने  उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

    नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् । भर्खरै म्युजिक नेपालको स्टुडियोमा कुमार महाराज, विकास सुनार र रत्नका साथमा उनको नयाँ एवं फरक गीत ‘अपराजिता’ मा बाजाको तालमेल मिलाएर समाजसेवी एवं बालचिकित्सक अपराजिता अधिकारीको स्मृतिमा हरिराम पौडेलले लेखेका मार्मिक शब्दहरुमा आफ्‌नो संगीत सहित स्वर भरेकी छिन्  भने हालसालै उनको छमछम नाच्न मिल्ने भावको वि.वि. थापाको शब्दमा रहेको गीत ‘अल्लारे’ सार्वजनिक भएको छ ।  यसर्थ गायिका तथा संगीतकार बबिना भट्टराई ‘अल्लारे’ जस्तो छमछम नचाउने गीत अनि महफिलको अनुभुति हुने ‘मदहोस’ गजल, अपराजिता जस्तो स्मृति समेटिएको गीत, ‘पिरतीको गीत’ जस्तो प्रेमिल गीत, ‘के हुन्छ होला’ जस्तो जीवन दर्शनको गीत, ‘तिमी नमर्नु है’ जस्तो सन्देशमुलक गीत र बालबालिकाको जिव्रोमा झुण्डिने दर्जनौ बालगीत गाउन सक्ने त्यस्ता भावका गीतमा संगीत भर्न सक्ने खुवी भएकी भर्खटाइल गायिका हुन् भन्ने पुष्टि गरेको छ ।

    गजल ‘गजलका कुराले’ को भिडियो हेर्नुहोस्‌ !

     

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
    • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ
    • फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
    • सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleनेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ
    Next Article बि.सं २०८२ जेष्ठ ७ गते बुधवारको राशिफल

    सम्बन्धित खबर

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    बुढीगण्डकी आयोजना बारे बाबुरामको टिप्पणी- प्रचण्डले तलवार चलाए, ओलीले पूरै घाँटी छिनाले !

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

    फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

    सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

    फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको प्रवासी नेपालीद्धारा विरोध,

    बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नेत्तृत्व सर्वसम्मत चयन

    पोर्चुगलमा कन्सुलर सेवा दिन सुरु

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ../२०८१/०८२
    प्रेस काउन्सिल सूचीकरण नम्बर: ..../२०८१/०८२


    संचालक
    रोयल मल्टि मिडिया हाउस प्रा.लि.

    हाम्रो टिम>
    सल्लाहकार सम्पादक
    केशव अधिकारी

    कला सम्पादक
    कृष्णपक्ष थापा

    प्रवन्ध निर्देशक
    कुशल अधिकारी

    कार्यालय :
    अनामनगर,काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२०

    सम्पर्क कार्यालय :
    धादिङबेसी, धादिङ

    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ

    खबर साइट डट कम

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबर साइट डट कम

    आज गणतन्त्र दिवस

    खबर साइट डट कम

    विश्वको सबैभन्दा शक्तिशाली रकेटको नवौं परीक्षण हुदै

    खबर साइट डट कम

    साउदी अरेबियाले मदिरा नीति परिवर्तन गर्दै

    खबर साइट डट कम

    मकवानपुरको थाहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    खबर साइट डट कम

    नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

    खबर साइट डट कम

    चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com खबरहरुको साइट
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.