काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा चुनावको सम्भावित मिति घोषणा गरेका छन् ।
बीबीसी बंगलाका अनुसार, शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै उनले अर्को राष्ट्रिय चुनाव २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा हुने बताएका हुन् । उनले यो घोषणाको आधारमा निर्वाचन आयोगले उपयुक्त समयमा चुनावको लागि विस्तृत रोडम्याप प्रदान गर्ने पनि बताए ।
बंगलादेशको मुख्य दल बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) सहित धेरै राजनीतिक दलहरूले निरन्तर चुनाव रोडम्यापको माग गरिरहेका थिए । बीएनपीले यस वर्ष डिसेम्बरसम्ममा चुनावको माग गरिरहेको थियो ।यद्यपि, मोहम्मद युनुसले यस वर्ष डिसेम्बर र अर्को वर्षको जुन महिनाको बीचमा चुनाव गरिनुपर्ने बताउदै आएका थिए । त्यस्तै बंगलादेशको सेनाले पनि यसैबर्षको डिसेम्बर भित्र निर्वाचन गराउन दबाब दिदै आएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
